पाँचौ सृजनाकप भलिबल प्रतियोगिताको विजेताले १ लाख पुरस्कार पाउने

पाेखरा | माघ १७, २०७९

पाँचौ सृजनाकप भलिबल प्रतियोगिताको विजेताले १ लाख पुरस्कार पाउने

 पोखरा​:    पोखरा रंगशाला भलिबल कोर्टमा आगामी फागुन १६ देखि १९ गतेसम्म पाँचौ सामुदायिक बिद्यालय स्तरीय सृजना कप भलिवल प्रतियोगिता हुने भएको छ । 


पोखरामा आज (मंगलबार) सृजना बिकास केन्द्र पोखरा र कास्की जिल्ला भलिवल संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै फागुन १६ देखि १९ गतेसम्म  कास्कीका सामुदायिक बिद्यालयका छात्र,छात्राले मात्र भाग लिन पाउनेछन् । 


पाचौं सृजनाकप भलिबल प्रतियोगितामा कास्की जिल्लाका ५० सामुदायिक विद्यालयले सहभागिता जनाउने प्रतियोगिता संयोजक मिनप्रसाद भट्टराईले बताए । 


‘पाचौं सुजनाकप भलिबल प्रतियोगितामा कास्कीका सामुदायिक विद्यालयमा १२ कक्षासम्म अध्ययनरत छात्रा÷छात्रले सहभागिता जनाउन पाउनेछन्, भट्टराईले भने, ‘कास्कीका ५० विद्यालयले सहभागिता जनाउने अनुमान गरेको छौं, प्रतियोगितामा महिला भलिबललाई बढी प्राथमिकता दिएका छौं ।’


प्रतियोगितामा छात्रा÷छात्र दुवै तर्फका विजेताले समान १÷१ लाख, उपविजेताले समान ६०÷६० हजार र तृतिय हुने समूहले समान ३५÷३५ हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।


प्रतियोगिताको विधागतर्फ सर्बोत्कृष्ट छात्र तथा छात्रा ५÷५ हजार, अन्य विधागतर्फ  वेष्ट स्पाइकर,बेष्ट ब्लकर,बेष्ट डिफेन्डर,बेष्ट सर्भरले १÷१ थान भलिबल प्राप्त गर्नेछन् । भने बेष्ट प्रशिक्षकले रु पाँच हजार प्राप्त गर्ने सहसंयोजक लेखनाथ लम्सालले बताए ।


प्रतियोगिता सञ्चालन गर्न करिव ११ लाख खर्च हुनेछ भने १२ लाख ५० हजार आम्दानीसहित १ लाख ५० हजार बचत हुने आयोजकले जनाएको छ ।  २०३७ सालमा स्थापित सृजना बिकास केन्द्रले महिला,बालबलिका,शिक्षा ,स्वाथ्य र  खेलकुदको क्षेत्रमा काम गदै आएको छ ।


प्रतियोगिताबाट बचत रकम खेलकै विकास र विस्तारका लागि कोष निर्माण गर्ने र सृजना विकास केन्द्रद्धारा सञ्चालित बालगृहलाई सहयोग गर्ने जनाइएको छ । 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्